प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक

गायक प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । 

गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिएकी छन् । गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक महतले यो गीत ३५ वर्ष अघि रेकर्ड गरेको भएपनि जीवन्त बनाउन अहिले भिडियो बनाएर बजारमा ल्याएको बताए ।

उनले यसले ३५ वर्षअघिको कला, संस्कृतिको महत्व दर्साउने बताए । त्यस्तै, गायिका परियारले यो गीत लोक गीतको रुपमा आफ्नो पहिलो अनुभव रहेको बताए ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । 
 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १६:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया