यस्तो आयो ‘माइकल अधिकारी’को ट्रेलर

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । 

गोपिकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । 

कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो भएको बताए । उनलै आफ्ना दुवै फिल्म राधा र ‘माइकल अधिकारी’ एकैपटक आउन लागेकोमा दुःख लागेको भए पनि दुवै फिल्म राम्रो रहेको बताए । 

श्रृष्टि र सौगातसँगै हुँदा एक अर्काको कुरा किन हुँदैन भन्ने रंगपत्रकारको प्रश्नमा उनले श्रृष्टि र आफू सँगै बस्ने भएकोले कुरा नगरेको प्रतिक्रिया दिए । 

त्यस्तै, नायिका श्रेष्ठले फिल्ममा आमा बन्दाको अनुभवले धेरै कुरा सिकाएको बताइन् । उनले फिल्मकै अभिनयले वास्तविक माया आमाको नै हुने रहेछ भन्ने यथार्थता प्रश्तुत गरेको बताइन् ।

फिल्ममा नायिका श्रेष्ठ गर्भवती महिलाको भूमिकामा छिन् । ‘माइकल अधिकारी’मा आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भूमिकामा उनलाई देख्न सकिन्छ । 



फिल्ममा सौगात र श्रृष्टीसँगै अशान्त शर्मा, लोनिभा तुलाधर, अन्नी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दीलिप बोहरा, कन्द्र भट्टराईको अभिनय छ । फिल्म आगामी भदौ ३ गते रिलिज हुनेछ । 



  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १८:३७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया