गठबन्धन कांग्रेसको चाहना होइन, नेकपा सरकारको गतिविधिले निम्त्याएको हो : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न बहुमत आवश्यक रहेको बताएका छन् । बिहीबार हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताए । 

अहिलेको गठबन्धन कांग्रेसको चाहनाले नभई दुईतिहाइ बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीका कारण गठबन्धन निम्त्याएको उनले बताए । संविधान र लोकतन्त्रविरोधी गतिविधिका कारण गठबन्धन निर्माण भएको उनको भनाइ छ । 

कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा प्राप्त नतिजाको आधारमा अझै मिहिनेत गरेर आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिइन् ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरे । 

आगामी निर्वाचनमा क्रियाशील सदस्यबाटै उम्मेदवार छनोट गर्न जरुरी रहेको भन्दै उनले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घात–अन्तर्घात बढेको बताए ।





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार २१:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया