७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

ट्रोलको सिकार बनेकी सांसद नवीनाले भनिन्– भाषा र टोन मिलोस् या नमिलोस्, निरन्तर खबरदारी गरिरहन्छु

संसदमा आफ्नो भनाइ राख्ने क्रममा अशुद्ध उच्चारण गरेका कारण ट्रोलको सिकार बनेकी सांसद नवीना लामाले आफ्नो गल्ती स्वीकार गरेकी छिन् । आफू पहिलेदेखि नै नेपाली भाषामा कमजोर रहेको भन्दै उनले कमजोरी सुधार्ने प्रयास जारी राखेको बताएकी छिन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले गंगालाल लगाउत अस्पतालमा शल्यक्रिया बन्द रहेको विषय उठाएकी थिइन् । उनले शल्यक्रिया शब्द उच्चारण गर्दा ‘सलानकिरा’ भनेपछि सामाजिक सञ्जालमा उनी ट्रोल बनेकी हुन् । 



बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छिन्, ‘आज मैले जिरो समयमा बोल्नेक्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरेँ।म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरु बेला पनि बोल्ने लेख्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेछु ।’

उनले आफ्नो भाषागत समस्यामा आएका सकारात्मक सुझाबप्रति भोलिका दिनमा सच्याउने प्रतिबद्धता व्यक्त गर्दै, तर आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्न खोज्नेप्रति रोष व्यक्त गरेकी छिन् । 



मुटुको शल्यक्रिया जस्तो सम्वेदनशील विषयमा दलाली र माफियाकरणको चंगुलमा सरकार फस्न नहुने भन्दै उनले भाषा र टोन मिले पनि नमिले पनि यस्तो निन्दनीय कार्यको आफूले निरन्तर खबरदारी गरि नै रहने प्रतिबद्धता जनाएकी छिन् । 

 



  • प्रकाशित मिति : ४ साउन, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया