स्पेनिस ला लिगा: सेभिल्लामाथि रियल मड्रिडको जित

एजेन्सी– ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले सेभिल्लामाथि २–० को जित निकालेको हो । रियलका लागि लुका मोड्रिक र कासिमिरोले गोल गरेका हुन् । 

दुई टोलीबीचको भएको खेलको पहिलो हाफमा कुनै गोल भएन । खेल सकिन १२ मिनेटअघि कासिमिरोले रियलका लागि पहिलो गोल गरेका हुन् । अतिरिक्त समयमा लुका मोड्रिकले थप गोल गरेपछि रियल २–० ले विजयी भएको हो । 

ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एटलेटिको मड्रिडले हुइस्कमाथि ३–० को स्पष्ट जित निकालेको छ । त्यस्तै, अर्को खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई २–१ ले हरायो । 

यससँग रियल मड्रिड २० खेलबाट ३६ अंक जोड्दै लिगको तेस्रो स्थानमा चढ्न सफल भएको छ । लिगको पहिलो स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक जोडेको छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडले २० खेलबाट ४१ अंक जोडेको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १०:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया