जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सतर्कताका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔँ,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।