नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।
सरकारले एसपिपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।
‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुँदे व्याख्याले टारेका थिए । अब बाह्र सत्ताईस व्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बाँस्कोटाले ट्विट गरेका छन्, ‘एसपिपीको नयाँ रूपको व्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर, लास्टमा उही हो !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।