जनार्दन शर्मासँग संसदीय छानबिन समितिले लियो बयान

पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ । आज बिहान सिंहदरबारमा लिइएको बयानकाक्रममा उनले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी बताए । 

शर्माले नियम कानुन र तोकिएको मापदण्डअनुसार नै करका दर हेरफेर गरेको बयान समिति समक्ष दिएका हुन् । उनीमाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई बयानका लागि आज समितिमा बोलाएको थियो । 

बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि उनीबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति गठन गरिएको थियो । त्यसपछि शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । 

शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको आरोप छ ।   





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १०:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया