नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा  रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।  

उक्त संस्थापक सेयरमा इच्छुक विद्ययमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेँसी, धादिङमा निवेदन दिनुपर्नेछ ।

यसअघि  १९ जेठदेखि बिक्रीमा ल्याएको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः बिक्रीमा ल्याएको हो ।  





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १३:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया