एजेन्सी –यो वर्षको ९१ औं ओस्कार अवार्ड सेरेमोनी होस्ट विना नै सञ्चालन हुने भएको छ । होस्ट नराखी सेरेमोनीका अलग अलग भागमा हलिउड सेलिब्रेटीको माध्यमबाट अवार्ड दिइनेछ ।
होस्ट विना ओस्कार अवार्डको कार्यक्रम गर्न लागेको पछिल्लो ३० वर्षमा यो पहिलो पटक हो । सेरेमोनी २४ फेबु्रअरीमा हलिउडको डल्बि थिएटरमा हुनेछ । १९२९ मा पहिलो पटक ओस्कार अवार्ड दिइएको थियो । १९३९, १९६९, १९७०, १९७१ र १९८९ मा होस्ट विना नै अवार्ड दिइएकाे थियो ।
कमेडियन केविन हार्टले यो वर्षको सेरेमाेनी होस्ट गर्ने भनिएपनि विवादका कारण उनी हटे ।
केही वर्ष अगाडी उनले गरेको एक ट्वीट भाइरल भएपछि केविनलाई होस्टको रुपमा लिइएकोमा निकै आलोचना भएको थियो । केविनले यो ट्वीट समलैंगिकताको विरोधमा लेखेका थिए । तर उक्त ट्वीट निकै पुरानो थियो ।
ओस्कारका निर्माताहरुले केविनलाई आफ्नो ट्वीटबारे माफी माग्न भनेपनि उनले अस्वीकार गर्दै कार्यक्रमबाट अलग हुने निर्णय गरे ।
ओस्कार अवार्डको इतिहासमा अश्वेत होस्टको संख्या कम छ । यो लिस्टमा क्रिस रक, व्हुपी गोल्डबर्ग, रिचर्ड प्रायर र सेमी डेविस जुनियर सहभागी छन् । केविनले अवार्ड सेरेमाेनी होस्ट गरेको भए यो लिस्टमा एक अर्को नाम बढ्ने थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।