राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्योः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । 

'राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको छ । सत्तासीन दलहरु कानमा तेल हालेर बसेका छन् । कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितबाहेक अन्य केही छैन’ उनले भने ।

उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गरे । उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गरे । 

अध्यक्ष लिङ्देनले विदेशीसामु प्रमुख दलले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरे । 

उनले प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक सन्तुलनको उत्पत्ति भएको बताए । अध्यक्ष लिङ्देनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप लगाए ।



उनले भने, ‘विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । भूराजनीतिक सन्तुलन गुमेको छ ।'

अध्यक्ष लिङ्देनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता बेला नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढिरहेको बताए । उनले सत्तासीन दलहरु कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितमा व्यस्त रहेको बताए ।



  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १६:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया