प्रधानमन्त्री ओलीले डावोसमा रहँदा के–के गर्दै छन् ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन आज स्विटजरल्यान्डको डावोस जाँदै छन् । प्रधानमन्त्रीको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । 

विश्वव्यापीकरण र उदार अर्थव्यवस्थाको पक्षमा वकालत गर्ने विश्व आर्थिक मञ्चले करिब पाँच दशकदेखि निरन्तर आयोजना गरिरहेको डावोस बैठकमा प्रधानमन्त्रीस्तरमा नेपालको सहभागिता हुन लागेको यो पहिलोपटक हो ।  

यस्तो छ भ्रमण तालिका 

प्रधानमन्त्री ओली डावोस बैठकमा दुई सत्रहरूमा याेजनाकारका रूपमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले विभिन्न नेता र बहुराष्ट्रिय कम्पनीका कार्यकारीसँग अनौपचारिक छलफल गर्ने कार्यक्रम छ । 

जनवरी २२ मा ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’मा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट धारणा राख्नेछन् । जनवरी २३ मा ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनवरी २४ मा जी–२० मुलुकसहितका देशका नेतासँग प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् । 

भ्रमण टोलीमा को–को छन् ? 



नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीसहित १९ जना सहभागी छन् ।
 



  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १३:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया