भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । उनी एनडीए गठबन्धनबाट राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
बिहीबार राति प्राप्त मतगणनाअनुसार उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी छन् ।
भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्टोरल मतमध्ये द्रौपदीले आधाभन्दा बढी मत पाएकी छिन् ।
नवनिर्वाचित राष्ट्रपति मुर्मूले जुलाई २५ मा शपथ लिने कार्यतालिका रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।