को हुन् भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मू ?

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)की उम्मेद्ववार मुर्मू बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् । 

विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मूलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो । 

६४ वर्षीया मुर्मू पूर्वशिक्षिका हुन् । उनी वर्षौंदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध थिइन् । उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन् । सन् २००० मा भाजपाको तर्फबाट राज्यसभामा निर्वाचित मुर्मूसन् २०१७ मा झारखण्ड राज्यको गभर्नर बनेकी थिइन् । 

भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन् । भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ । 

सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो । यो भारतको सबैभन्दा पुरानो आदिवासी समूह हो । मुर्मूले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन् । लगत्तै उनी सरकारी जागिरे भइन् । सन् १९७९ मा उनी सिँचाइ विभागमा सरकारी कर्मचारी थिइन् ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २१:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया