एजेन्सी– बलिउड अभिनेता सुनील सेट्टी विगत पाँच वर्षयता प्रायःजसो एकै किसिमको भेषमा देखिने गरेका छन् । तर, अब उनी भिन्न आवरणमा देखिँदै छन् ।
धेरै समयसम्म फिल्ममा नदेखिएका सुनील अब ठूलो बजेटको फिल्म ‘मरक्कड– द लायन अफ अरेबियन सी’ मा १६औं शताब्दीको एक योद्धाको भूमिकामा देखिने भएका छन् । यो फिल्म नेवी चिफ मोहम्मद अलि कुञ्जली सरक्कड–४ को जीवनमा आधारित छ ।
विभिन्न भाषामा रिलिज हुने यो फिल्ममा मलयालम सुपरस्टार मोहनलाल मुख्य भूमिकामा छन् । प्रियदर्शनको निर्देशनमा बन्ने यो फिल्म निर्माणका लागि डेढ अर्ब भारतीय रुपैयाँ लगानी हुने अनुमान छ ।
सुनीलले दस वर्षअघि ‘दे दनादन’ मा प्रियदर्शनको निर्देशनमा बनेको चलचित्रमा अभिनय गरेका थिए । सुनीलले त्यसपछि प्रियदर्शनको चलचित्रमा अभियन गरेका छैनन् ।
यो फिल्मा सुनीलको लुक हलिउड फिल्म ‘ट्राय’ बाट प्रभावित छ । फिल्मा उनी तलबारले लडाइँ र युद्ध गरिरहेको अभिनयमा देखिन्छन् ।
सुनीलले आफ्नो लुक इन्स्टाग्राममा सेयर गर्दै लेखेका छन्, ‘मरक्कड– द लायन अफ अरेबियन सी’ को निर्देशन मेरो फेबरेट प्रियदर्शनले गरिरहेका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।