प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभा बैठकले आज नागरिकता विधेयक पारित गर्ने भएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको हो । 

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियो भनि प्रस्ताव प्रस्तुत गर्नेछन् । अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे तीन वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।

त्यस्तै, शुक्रबारको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ । बैठक दिउँसो १ बजे बस्दैछ । 

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची :



 



  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ७:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया