स्वतन्त्र निर्वाचित मेयर शाही एकीकृत समाजवादीमा प्रवेश

कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा शाही नेकपा एसमा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत प्राप्त गरे । शाहीलाई माओवादी र एकीकृत समाजवादीले समर्थन गरेका थिए । यो नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।  





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ८:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया