सांसद घनश्यामको प्रश्न- नागरिकतामा सार्क मुलुकभन्दा खुकुलो प्रावधान किन ?

नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकूल भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा मुल संशाेधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न पनि गरेका छन् ।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?, नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ?'

प्रतिनिधिसभा बैठक जारी छ ।  





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १४:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया