बर्लिन– तस्बिरमा देखिएको सुनको सिक्काको वजन १०० किलो छ । यो सिक्का सन् २०१७ मा चारजनाले जर्मनीको बोर्ड म्युजियमबाट चोरेका थिए । सिक्काको तौल सुन्दा जति रोचक लाग्छ, यसको इतिहास पनि उति नै रोचक छ ।
‘द म्यापल बिग लिफ’ नामको यो सिक्काको कथा सुरु हुन्छ, सन् २००७ बाट । यो ती ५ सिक्कामध्ये एक हो, जसलाई ‘रोयल क्यानेडियन मिल्ट’ले बनाएको थियो ।
सिक्कामा रानी एलिजाबेथ द्वितीयको तस्बिर छ र यसलाई दुनियाँको दास्रो ठूलो सिक्का मानिन्छ । यसको फेस भ्यालु १० लाख डलर छ । यद्यपि, १०० किलो सुनको बजार मूल्य भने ४० लाख डलरजति पर्छ ।
५३ सेन्टिमिटर व्यास भएको यो सिक्का एक अज्ञात कलेक्टरसँग ऋणमा लिएर बोड (म्युजियम) मा राखिएको थियाे ।
क्यानेडियन मिल्ट कम्पनीका अनुसार उसले बनाएको यो सिक्कामा ९९.९९ प्रतिशत शुद्ध सुन छ ।
सिक्कामा रानी एलिजाबेथ द्वितीयको फोटो क्यानडाका आर्टिस्ट सुजाना ब्लन्टले बनाएका थिए । सिक्काको दास्रो पाटोमा उनले एक ठूलो म्यापलको पातको तस्बिर बनाए ।
सन् २००७ मा ‘द बिग म्यापल लिफ’ नामको यस गोल्ड क्वाइनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै ठूलो सिक्काको रुपमा रेकर्ड गरियो । संसारभरका मान्छेमा यो सिक्काप्रति ठूलो कौतुहल भयो । त्यसैकारण पनि हुन सक्छ, २०१७ मा केही चोरले यो सिक्कामाथि आँखा लगाए ।
२७ मार्च २०१७ मा यो सिक्का बोड म्युजियमबाट चोरियो । सिक्का भारी थियो । सिक्का चोर्न चोरहरुले एक सिँढी, एक ठेला र डोरीको प्रयोग गरे । यो घटनामाथि भएको छानबिनमा प्रहरीले चारैजना अभियुक्तलाई त पक्रियो, तर सिक्का भने पत्ता लगाउन सेकन ।
तर, छानबिनको दौरान पुलिसले सिक्काको डस्ट भेटेको थियो, जसबाट के अनुमान गर्न सकिन्छ भने सिक्कालाई पगालेर अन्य वस्तुमा रुपान्तरण गरियो । चोरीमा संलग्न अभियुक्त सोधपुछका लागि अझै थुनामै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।