काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सिमरादेखि झापासम्मको भ्रमणमा निस्किँदै छन् । पत्नी कोमल शाहसहित आगामी साता उनी बाराको सिमरा जाने कार्यक्रम छ ।
प्रत्येक वर्षको जाडो महिनामा शाह दम्पती केही समयका लागि सिमरा जाने गरेका छन् । सिमरामा ज्ञानेन्द्र ‘प्रभु वास’मा बस्ने गरेका छन् ।
शाह दम्पती सिमरामा केही दिन बसेर झापाको दमकतर्फ जाने कार्यक्रम रहेको पूर्वराजा ज्ञानेन्द्रका प्रेस सहयोगी डा. फणिराज पाठकले बताएका छन् । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रको यो निजी भ्रमण हो ।
यद्यपि, सिमरा र झापामा रहँदा पूर्वराजाले महत्वपूर्ण भेटघाटसमेत गर्न सक्ने उनीनिकट स्रोतको अनुमान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।