श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सांकेतिक तस्विर

श्रीमानको कुटपिटबाट ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवाका ५४ वर्षीया कान्छीमाया लिम्बूको मृत्यु भएको छ।

घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । श्रीमान लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १२:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया