राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सहमहामन्त्रीमा बस्नेत मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सह–महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनीत गरेका हुन ।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आवश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १२:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया