कांग्रेस नेता झनकबहादुरले सुरू गरे दाङदेखि काठमाडौंसम्मको खाली खुट्टा यात्रा

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव झनकबहादुर बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा यात्रा सुरू गरेका छन् । तुलसीपुर–११ जस्पुरका युवा नेता बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेश सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदल यात्रा थालनी गरेका हुन् ।

उनले कांग्रेस स्वर्गीय नेता खुमबहादुर खड्काको नाममा यात्रा समर्पित गरेको गर्दै उनले सञ्जाल फेसबुक मार्फत ‘जनचाहना विपरित अन्तराष्ट्रिय दलालहरूको आडमा पैसा खाएर धर्मनिरपेक्षता र संघीयता लादेर देशमा विपद निम्त्याएको’ उल्लेख गरेका छन् । 

विद्यमान विपददेखि मुक्त पाउनका लागि खड्काले हिन्दु महाअभियान चलाएको हुँदा त्यसलाई समर्थन गर्दै आफूले खाली खुट्टा दाङ - काठमाडौं पैदल यात्राको थालनी गरेको बस्नेतले बताएका छन् । उनले धर्मनिरपेक्षता र संघीयता हटाउनु पर्ने मागसमेत राखेका छन् ।

खड्काको त्यही विचारलाई आत्मसाथ गर्दै दाङदेखि काठमाडौं र पछि देशभर खाली खुट्टा पैदल यात्रा गर्ने बस्नेतले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १३:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया