जिपको ठक्करबाट ३४ वर्षीय खनालकाे मृत्यु, आफन्तले घेरे पुलिस चौकी

काठमाडौं– आइतबार बिहान जिपको ठक्करबाट मृत्यु भएका नारायण खनालका आफन्तले सातदोबाटो प्रहरी चौकी घेराउ गरेका छन् ।

गोरखा घर भएका ३४ वर्षीय खनाललाई बिहान पौने ६ बजे बा ११ च २६७४ नम्बरको सेतो जिपले कुसुन्तीमा ठक्कर दिएको सातदोबाटो प्रहरी कार्यलयका डिएसपी गौतम मिश्रले बताए ।  

ठक्करपछि घाइते भएका खनालको उपचारका क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनालगत्तै प्रहरीले जिप र चालक मोहनबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएको बताएको छ । 

मृतकका आफन्तले भने चालकसँग नभई सवारी धनीसँग वार्ता गराउन माग गर्दै प्रहरी कार्यलय घेरेका छन् । जिप लोकबहादुर चन्दनको नाममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिपधनी फिजीमा रहेको चालक क्षेत्री बताउँछन् । सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १९:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया