डा. वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक ८६ उपशीर्षकमा विभाजाजित छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेश छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वलगायत दशैँ–तिहार आदि विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् ।
पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु (२०६२)बाट विभूषित व्यक्तित्व हुन् । लेखकको यो नवौँ पुस्तक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।