विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमालेमा प्रवेश गरेका छन् ।
शनिबार एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता दाहाल एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्दै नेता दाहालले राष्ट्रवादी पार्टी मात्रै नभएर समाजवादी चिन्तन बोकेको पार्टी एमाले भएको प्रतिक्रिया दिँदै पुँजीवादको विरुद्धमा आफू एमालेमा प्रवेश गरेको बताए ।
यसैगरी विवेकशील साझा पार्टीका कर्णालीका जिल्ला समिति र प्रदेश समितिका पदाधिकारी एमाले प्रवेश गरेको उनले बताए ।
विवेकशीलबाट एमाले प्रवेश गर्नेको एकिन संख्या भने सार्वजनिक भइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।