सत्तानिकट विद्यार्थीहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदहरुलाई एसएमएस पठाएका छन्।
नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले शनिबार काठमाडौंमा प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएर गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसद र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिलाई एसएमएस गरेका हुन्।
गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै उनलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।