काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राखी १६औँ पटकको आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको बताएका छन् ।
आइतबार त्रिवि शिक्षण अस्पतालको आइसियुबाट वार्डमा सरेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले भने, ‘१५औँ सत्याग्रहमा प्रधानमन्त्री ओली, जो नेकपा संसदीय दलका नेता पनि हुन्, उनीसँग सम्झौता भएको थियो । सम्झौता गरेपछि पालना गर्नुपर्ने हो । तर, ओलीजीको बेइमानी हो ।’
उनीहरुले नै डा. गोविन्द केसीको सबै माग सबै पूरा भयो भनेर जनतालाई भ्रममा पार्न कोसिस गरेको भन्दै उनले आपत्ति जनाए । यो आफ्नो र आफ्नो अभियानलाई मात्र नभई करोड नेपालीलाई धोका भएको उनको दाबी छ ।
‘हामीसँग भएको सम्झौता अक्षरशः पालना गरे म तुरुन्तै अनशन तोड्छु,’ डा. केसीले भने, ‘सम्झौता पालना भए म किन अनशन बस्छु र ?’
सम्झौता कार्यान्वयनको माग गर्दै इलाम पुगेर १६औँ सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।