राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपाले भदौबाट उपत्यकाकेन्द्रित आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्र पूनःस्थापनाका लागि भदौबाट उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । राप्रपाको किहीबार सुरु भएको केन्द्रीय कार्य समितिको बैठक शनिबार सम्पन्न भएको छ। 

काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रियता, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनस्थापनालगायत विषयमा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ। 

साउन महिनाभित्र राष्ट्रिय व्यापी रूपमा विरोध कार्यक्रम सम्पन्न गरी भदौमा उपत्यका केन्द्रित जनसंघरेषका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। 

बैठकले गत स्थानीय तह निर्वाचनमा सरकार निष्पक्ष नरहेको भन्दै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न माग गरेको छ।

अत्यधिक महँगी भएका कारण सर्वसाधरणलाई असर परेको भन्दै राप्रपाले राहत उपलब्ध गराउन पनि माग गरेको छ। गठबन्धनको सरकार असफल भएको राप्रपाको ठहर छ। 

महँगी नियन्त्रण गर्न नसकेको, किसानलाई मल उपलब्ध गराउन नसकेको, करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको लगायत कारणले सरकार असफल भएको पुष्टि भएको राप्रपाको आरोप छ ।





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार २०:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया