नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेस खुम्चिन पुगेको बताएका छन् । शनिबार कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् ।
पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भएको उल्लेख गर्दै उनले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’ आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेकाले यसमा समीक्षा र आत्मनिरीक्षण हुन जरुरी रहेको उनले बताए ।
अन्तर्घाती कुनै न कुनै रुपबाट दण्डित हुनुपर्ने बताउँदै उनले पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्ने उनले बताए । कांग्रेसमा पैसावालको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनले बताए ।
वरिष्ठ नेता पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए । नगरिएको उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकप्रिय काम नगर्ने हो भने गठबन्धन गरेर सरकारमा बसिरहनुको अर्थ नहुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।