कैलालीमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एकजना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जिपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको हो । 

चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गम्भीर घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् ।  





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ९:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया