सल्यानमा अरिंगालको टोकाइबाट युवकको मृत्यु

सल्यानमा अरिंगालको टोकाइबाट युवकको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौर निवासी २६ वर्षीय कृष्ण थापाको अरिंगालको टाकाइबाट ज्यान गएको हो । 

शनिबार दिउँसो रुखमा चढेर आँप टिप्ने क्रममा थापालाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि उनको अवस्था गम्भीर रहेको थियो । 

शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार थापालाई धेरै अरिंगालले टोकेका थिए । 

मृत्यु भएका थापाको जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको छ ।  





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ११:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया