दिल्लीमा मंकिपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकिपक्स संक्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ ।
पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ । योसँगै भारतमा अहिलेसम्म मंकिपक्सका चार जना संक्रमित भेटिएका छन् ।
मंकिपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकिपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
विश्व स्वास्थ्य संगठन महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।
मंकिपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू छन् । मंकिपक्स भाइरसका कारण यो रोग लाग्छ ।
यो भाइस पहिलोपटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।