राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । पार्टीको गण्डकी प्रदेश सभापतिमा डा. ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समिति १६ सदस्यीय छ ।

समितिको सदस्यहरूमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् ।

यस्तै, कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छिन् । रवी लामिछाने नेतृत्वको उक्त पार्टी केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १३:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया