कर्णालीमा विवेकशील साझाका ८६२ जना एमालेमा प्रवेश गरे

कर्णाली प्रदेशमा विवेकशील साझाका ८६२ जना नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । विवेकशीलका प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालसहित कर्णालीका आठ जिल्लाका पार्टी नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

विवेकशीत साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पुस्तक प्रकाशनको नाममा राजा पक्ष हुँदै एकल निर्णयबाट पार्टीलाई बन्धक बनाएको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक आह्वान नै नगरी बन्द कोठाबाट राजतन्त्रको शैलीमा विज्ञप्तिमार्फत राजीनामा दिएको हवाला दिँदै तमासा देखाउने कार्यले पार्टीको विचारलाई जानीबुझी हत्या गरेको नेता दाहालको आरोप छ ।

जिल्लागत रूपमा कर्णालीको डोल्पाबाट २७३ जना, सुर्खेतबाट २५१ जना, जुम्लाबाट १४१ जना, कालीकोटबाट ८० जना, मुगुबाट ५१ जना, जाजरकोटबाट ३० जना, दैलेखबाट २६ जना र रूकुम पश्चिमबाट १० जना पार्टी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको नेता दाहालले जनाएका छन् ।

शनिबार वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा कर्णालीको विवेकशील साझाका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १४:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया