लालबाबुको प्रश्‍न : चुनावको मिति घोषणा गर्न गठबन्धनको गाँठागुँठी मिलेन कि आशीर्वाद पाइएन ?
फाइल तस्वीर

प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गरे । 

उनले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गरे । उनले निर्वाचन मिति घोषणा गर्न माग गरे । 

उनले भने – ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन् । मैले सरकारसँग माग गर्न चाहन्छु ।’





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १५:३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया