ट्विटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ ।
टेस्ला मालिक मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाएका थिए । तर, ट्वीटर पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ । तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ ।
सन् २०२२ को अप्रिलदेखि जुनसम्म सक्रीय प्रयोगकर्ताको संख्या २३७ मिलियन पुगेको तर २७० मिलियन नै कुल घाटा भएको कम्पनीले जनाएको छ । मस्क सम्झौताबाट पछि हट्दा १ अर्ब डलर टर्मिनेसन शुल्कको जोखिम रहेको बीबीसीले जनाएको छ ।
फर्मले स्पाम र नक्कली खाताहरूको विषयमा आफ्नो अडान कायमै राखेको छ । सोही विषयलाई लिएर मस्क सम्झौताबाट भागेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।