संसदले कारागार विधेयक २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतिले पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दफावार छलफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।