प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । 

अध्यक्षका अर्का प्रत्याशी अनिता बिन्दूलाई पराजित गर्दै लम्साल अध्यक्ष पदमा विजयी भएका हुन् ।

त्यस्तै, महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

अध्यक्षसँगै प्रेस युनियनको अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवार विजयी भएका छन् । लम्साल समूहले शेखर–गगन समूहको तर्फबाट उम्मेदवारी दिएका थिए ।





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार २१:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया