प्रहरी प्रधान कार्यालयले आइतबार ११ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। काज सरुवामा विभिन्न सात जिल्लाका एसपीको हेरफेर भएको छ।
निर्णय अनुसार वामदेव गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र होविन्द्र बोगटीलाई बारा सरुवा गरिएको छ। प्रेबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको छ। यस्तै, वीरबहादुर बुढामगरलाई रौतहटका काज सरुवा गरिएको छ।
भक्तपुरका शिवकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल पठाइएको छ। दिलीप घिमिरेलाई डोटी तथा अजय केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ। यस्तै, प्रजित केसीलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरमा काज सरुवा गरिएको छ।
युएन शाखामा कार्यरत गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा गरिएको छ। अनुपम शमशेर जबरालाई प्रहरी प्रधान कार्यालयकै इन्टरपोल शाखामा पठाइएको छ। विश्व अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरीको युएन शाखामा काज सरुवा गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।