सर्वोच्च अदालतले राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चको आदेशपछि राप्रपा नेपाललाई गाई चिह्न लिएर चुनावमा जान बाटो खुलेको छ। न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन नगनर्न नगराउन आदेश दिएको हो ।
राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले गाई चुनाव चिह्न पाउनुपर्ने दाबी गरेका थिए ।
थापाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, डा. चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई, विष्णु भट्टराई र अधिवक्ताहरू नरप्रसाद थापा एवं भूपेन्द्र पोखरेलले बहस गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।