अक्षर चम्किदा वेस्ट इण्डिजमाथि भारतको रोमाञ्चक जित, एक खेल अगावै जित्यो सिरिज
फरकधार / ९ साउन, २०७९

घरेलु टोली वेस्ट इण्डिविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । गएराति सम्पन्न दोस्रो खेलमा दुई विकेटले विजयी भएसँगै उसले एक खेल अगावै सिरिज जितेको हो । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो ।



दोस्रो खेलमा ३१२ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा आठ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अक्षर पटेल, श्रेयस अय्यर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले ।

६४ रनमा अविजित रहेका पटेलले ३५ बलमा पाँच छक्का र  तीन चौका प्रहार गरे । अय्यरले ७१ बलमा चार चा‌ैका र एक छक्कासहित ६३ रन जोडे । स्यासनले ५१ बलमा समान तीन चौका र छ्क्कासहित ५४, शुभमन गिलले ४३ र दीपक हूडाले ३३ रनको योगदान दिए ।



वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र काइल मेयर्सले दुई/दुई तथा जेडन सिल्स, रोमारियो सेफर्ड र अकिल हुसेनले एक/एक विकेट लिए । त्यसअघि ट्रिनिडाडको क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा  ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।



उसका लागि शाई होपले शतकीय तथा कप्तान निकोलस पूरनले अर्धशतकीय पारी खेले । ११५ रन बनाएका होपले १३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । पूरनले ७७ बलमा ६ छक्का र एक चौकासहित ७४, काइल मायर्सले ३९, सम्राह ब्रुक्सले ३५, रोमारियो सेफर्डले  अविजित १४ र रोभमन पावेलले १३ रन जोडे ।

भारका लागि शार्दुल ठाकुरले तीन तथा दीपक हुडा, अक्षर पटेल र युजवेन्द्र चहलले एक/एक विकेट हात पारे । यो जितसँग‌ भारतले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।   

  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ७:१२:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया