म्यानमारको सेनाले दियो ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँ पछि पहिलो पटक मृत्युदण्ड दिइएको हो ।  पूर्व सांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो । 

जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुअरीमा  आङ सान सुकीको नेतृत्वमा रहेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्थ गरेको थियो । 

म्यानमारको मिलिजुली सरकार मृत्युदण्डको निन्दा गरेको छ । मृत्युदण्डको खबरले आफूहरू ‘अत्यन्तै स्तब्ध र दुःखी’ भएको सरकारका घटकले जनाएका छन् । प्रजातन्त्र समर्थक व्यक्तित्वहरू, सशस्त्र जातीय समूहका प्रतिनिधिहरू र एनएलडीका सदस्यहरू मिलेर गठबन्धन सरकार बनेको छ ।

 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १०:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया