मुख्यमन्त्री राईले हिंसा भड्काउन खोजे : अधिकारी

प्रदेश १ का पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री राजेन्द्र राईले नामकरणको विषयलाई लिएर हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री अधिकारीले यस्तो आरोप लगाएका हुन् । 

उनले मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न समेत माग गरे । सांसद अधिकारीले मुख्यमन्त्री राईले जातीय पहिचानका आधारमा प्रदेश नामकरण नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको अभिव्यक्ति दिने गरेको बताए । 

उनले पदमा बसेर मुख्यमन्त्रीको गरिमा कायम राख्नुपर्ने समेत बताए । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १५:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया