पछिल्लो पुस्ता जित्न बाँकी छ, विजयको कथा लेख्न बाँकी : विश्वप्रकाश शर्मा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताएका छन् । सोमबार ललितपुरमा नेपाल ललितकला संघले आयोजना गरेको कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले त्यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गरे  । उनले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाइमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम रहेको बताए ।

‘हामीले हाम्रो पछिल्लो पुस्तामा जित्न बाँकी छ, विजयको कथा लेख्न बाँकी छ । यो देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाइमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम छ,’ कार्यक्रममा उनले भने,  ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा लैजानुपर्छ ।’

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभई गौरव भएकोले यस्ता भनाइहरू मा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालले संसार सामु उच्च शिर राखेर समृद्धिको उचाइ जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताए ।  





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १७:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया