सरकारले सातै प्रदेशमा इन्कुबेटर्स सेन्टर चलाउने तयारी गर्दै छ : उद्योगमन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’खोल्ने घोषणा गरेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । 

अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै उनले औद्योगिक रुपान्तरणका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरेको बताए । सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवद्र्धनमा जोड दिएको मन्त्री बडूले बताए । 

सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको बताउँदै बिजनेस इन्कुबेटर कन्फरेन्सका लागि सरकारले छुट्याएको बजेट प्राप्त भने नभएको स्वीकार गरे । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष शेखर गोल्छाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक भएको बताए । नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप यो सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको दाबी गरे । अध्यक्ष गोल्छाले सरकारले नेपाली युवालाई देशभित्र नै भविष्य बनाउनको लागि इन्कुबेसनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 

बिजनेस इन्कुबेटर कन्फरेन्सले घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने र स्टार्टअप इको सिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने पनि घोषणा गरेको छ । कन्फरेन्स नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, इसिमोड र नेदरल्याण्डको पुम संस्थाको सहकार्यमा गरिएको थियो ।
 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १७:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया