महेश बस्नेतको प्रश्न : कालिमाटी तरकारी बजार विस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय किन कार्यान्वयन भएन ?

नेकपा (एमाले)का नेता तथा सांसद महेश बस्नेतले कालिमाटीको तरकारी बजार विस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

सोमबार भक्तपुरको सुर्यविनायकमा बीउ, बिजन विषादीसम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

उनले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताए । कृषि क्षेत्रमा शिक्षित र युवापुस्ताले लगानी गर्नुपर्ने बताउँदै उनले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसकिने बताए । 

कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पुर्याउन आवश्यक रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १८:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया