दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं– धितोपत्र बजारमा आज सेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर १ हजार १६८.०६ विन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता सेयर ३६ करोड ७७ लाख ६ हजार ६३८ रुपैयाँमा खरिद बिक्री भएको छ । 

आज कारोवार भएका ११ उपसमूहमध्ये वित्त उपसमूह ०.६५ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ४.६२, व्यापार २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बिमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ र जीवन बिमा ६१.६८ विन्दुले घटेको छ । 

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका सेयरधनीले आज बढी कमाएका छन् । यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले आज बढी गुमाएका छन् । 

त्यसैगरी, स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोवार सुरु भएको छ । सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम १६८ र अधिकतम ५०५ रुपैयाँ रहने गरी सीमा निर्धारण गरिएको थियो ।  





  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार १६:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया