जनकपुर न्युरो अस्पतालले टाउकोको जटिल शल्यक्रिया गरेर बिरामीको ज्यान बचायो

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जनकपुर न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका एक बिरामीलाई मृत्युको मुखबाट जोगाएको छ । 

जनकपुर न्युरो हस्पिटलका सञ्चालक न्युरो सर्जन डा. विजयकुमार राउतले गम्भीर चोट​ (craniotomy and evacuation of hematoma) लागेका एक बिरामीको सफल शल्यक्रिया गरी ज्यान जोगाएका हुन् । डा. राउतले महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेशकुमार यादवको सफल शल्यक्रिया गरेका हुन् । 
 
मधेस प्रदेशको पहिलो न्युरो अस्पताल जनकपुर न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले दुर्घटनामा परी घाइते भएका अनितेशको साउन २ गते सफल शल्यक्रिया गरेर ज्यान जोगाएको हो । ६ घण्टा लामो समय लगाएर शल्यक्रिया गरिएको अनितेशलाई तीन दिन भेन्टिलेटरमा राखिएको थियो । 

डा. राउतले अनितेशको सफलतापूर्वक शल्यक्रिया गरेपछि उनको जीवन कायापलट भएको उनका पिता परशुरामले बताए । शल्यक्रियापछि अनितेश आफैँ हिँड्न, बोल्न र खान सक्छन् । उनको शल्यक्रियाको घाउ विस्तारै निको हुँदै गएको छ । 

‘उनी अलि कमजोर छन्, तर, डाक्टरले समयसँगै निको हुन्छ भन्नुभएको छ,’ परशुराम भन्छन्, ‘हामी धेरै खुसी छौँ, डाक्टरले मेरो छोराको जीवन बचाउनुभयो । हाम्रा लागि उहाँ भगवान् हुनुहुन्छ ।’

जनकपुरधामस्थित जनकपुर न्युरो अस्पताल न्युरोसम्बन्धी पहिलो हस्पिटल रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्टेमिक सर्जरीलगायत अन्य सर्जन तथा रोगको उपचार सेवा पुर्याउंँदै आएको छ ।
 
नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौंपछि जनकपुरधामकै न्युरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन् । यस अस्पतालले नसा च्यापिएको, हात–खुट्टा झम्झमाउने, टाउको दुखेको, मिर्गी आउने र टाउकोभित्र रगत जमेकोलगायत न्युरो सेवासमेत प्रदान गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार २०:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया