बाँकेको कोहलपुरमा एक दम्पती मृत फेला, हत्याको आशंका

बाँकेको कोहलपुरमा श्रीमान्–श्रीमती घरमै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा २२ वर्षीय कृष्ण गडरिया र उनकी २० वर्षीया श्रीमती अञ्जली गडरिया आज बिहान मृत फेला परेका हुन् ।

घटना राति नै भएको भए पनि स्थानीयले बिहान मात्र थाहा पाएका थिए । घरको तल्लो तलामा बस्ने उनीहरूको शव देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनाको शव घरको कोठा बाहिर भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । उनका मल्लका अनुसार मृतकको शरीरमा चोट देखिएकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

कृष्ण र अञ्जलीले एक वर्षअघि विवाह गरेका थिए ।  

 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ८:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया